काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ २ लाख ८५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १३५ रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३१० रुपैयाँ कायम भएको छ । गत बिहीबार चाँदीको भाउ ४ हजार ३७० रुपैयाँ थियो ।