काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार असारको तुलनामा साउनमा निक्षेपको ब्याजदर घटेको हो।
साउनमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ४.१६ प्रतिशत ब्याज पाइने भएको छ। असारमा यस्तो औसत ब्याजदर ४.२५ प्रतिशत थियो।असारको तुलनामा साउनमा केहि बैंकले ब्याजदर घटाएका छन्।
एनएमबि बैंकले ०.२५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१ प्रतिशत विन्दु र कुमारी बैंकले ०.०६ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु र ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएको छन्।
नबिल र प्रभु बैंकमा सबै भन्दा धेरै ब्याजदर पाइन्छ। यिनमा ४.५५ प्रतिशतसम्म ब्याजदर पाइने भएको छ।
कुमारी र स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ३.९५ प्रतिशतको दरमा ब्याजदर पाइने भएको हो।
