काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । तोलामा २८ सय घटेको छ । यस संगै सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार २ लाख ८८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य सोमबार २ हजार ८ सय रुपैयाँले घटेको हो ।
सोमबार चाँदीको मूल्य १०० रुपैयाँ प्रतितोलाले घटेको छ । आइतबार ४ हजार ४७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य सोमबार ४ हजार ३ सय ७५ रुपैयाँमा झरेको छ ।