काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप गिरावट आएको छ । बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि औसत ओरालो लाग्दै आएको नेप्से बुधबार थप ओरालो लागेको हो ।
बुधबार नेप्सेमा ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा पुगेको छ ।
बुधबार नेप्सेमा भएको कारोबार भएका २५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने २४७ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । तर, ५ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो । बुधबार नेप्से घट्दा म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक राताम्य बनेको छ ।