काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रा मन्त्रालय फर्किएकी छिन् । विशेष अदालतबाट सफाइ पाएसँगै डा.मिश्रा आज सोमबारदेखि मन्त्रालयमा पुगेर हाजिरी गरेकी हुन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले मिश्राले आजदेखि हाजिरी गरेको पुष्टि गरेका छन् । म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. मिश्रसहित ८ जनालाई सफाइ दिएको थियो ।
डा.मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद देवकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले सफाइ पाएका थिए ।