काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १९ जना चिकित्सकको दर्ता खारेज गरेको छ । काउन्सिलले दर्ता किताबबाट नाम हटाउँदै १९ चिकित्सकको काउन्सिलको दर्ता खारेज गरेको हो ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकको दर्ता खारेज गरेको जनाएको छ । वैशाख १८ गतेदेखि लागु हुने गरी दर्ता खारेज गरिएको काउन्सिलले जानकारी दिएको छ ।
