काठमाडौँ । सुत्नु अघि यौन गतिविधि वा आत्मीय सम्बन्धले निद्राको गुणस्तर सुधार गर्न सहयोग पुग्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।
अनुसन्धानका अनुसार यौन सम्पर्क वा शारीरिक निकटताका क्रममा शरीरमा अक्सिटोसिन, सेरोटोनिन र प्रोल्याक्टिन जस्ता हर्मोनहरू उत्पादन हुन्छन्, जसले तनाव कम गर्दै आराम र सन्तोषको अनुभूति दिन्छ। यी हर्मोनहरूले शरीरलाई रिल्याक्स गराएर छिटो निद्रा लाग्न मद्दत गर्ने बताइएको छ। विशेषज्ञहरूका अनुसार चरम सुखपछि शरीरमा उत्पन्न हुने रासायनिक प्रतिक्रियाले मानसिक तनाव घटाउने र गहिरो निद्रामा पुग्न सहयोग गर्ने देखिएको छ।
विभिन्न अध्ययनहरूले सुत्नु अघि यौन गतिविधिमा संलग्न व्यक्तिहरू छिटो निदाउने र कम पटक ब्यूँझिने गरेको पनि देखाएका छन्। एक अध्ययनमा त सुत्नु अघि यौन क्रियाकलाप गर्ने व्यक्तिहरू औसत १६ मिनेट मात्र ब्यूँझिने गरेको पाइएको छ भने यस्तो गतिविधिमा संलग्न नभएकाहरू औसत २३ मिनेटसम्म ब्यूँझिने गरेको उल्लेख छ। विशेषज्ञहरूले यो प्रभाव महिलामा अझ बढी देखिएको समेत बताएका छन्। अध्ययनहरूले सुत्नु अघि आत्मीयता वा यौन गतिविधि निद्राको दक्षता बढाउन र समग्र निद्राको गुणस्तर सुधार गर्न सहयोगी हुने निष्कर्ष निकालेका छन्।