काठमाडौँ। बाजुरामा भीरबाट लडेर एक युवकको ज्यान गएको छ। जिल्लाको गौमुल गाउँपालिका–६ का २८ वर्षीय पदम ल्वारको दुर्घटनामा मृत्यु भएको हो।
प्रहरीका अनुसार उनी आफन्तको घरमा बिहे भोजमा सहभागी भएर सोही दिन घर फर्किने क्रममा हिँडेका थिए। तर बेलुका देखि उनी सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको थियो। खोजतलासका क्रममा उनलाई भीरको तल मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। हाल उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।