काठमाडौँ । काठमाडौँको कपन क्षेत्रबाट एक १४ वर्षीय बालक बेपत्ता भएका छन्। परिवारका अनुसार युवराज कार्की नाम गरेका ती बालक गत चैत ३० गते दिउँसो करिब साढे तीन बजेदेखि सम्पर्कविहीन छन्।
करिब ५ फिट उचाइ भएका, कालो कपाल र कालो टी–शर्ट लगाएका उनी अन्तिम पटक महांकाल ओरालो आसपासमा देखिएको प्रहरीले जनाएको छ। बालकका बुवा सन्तोष कार्कीले खोजीका लागि प्रहरी प्रभाग कपनमा निवेदन दिएका छन्। प्रहरीका अनुसार मातहतका अन्य इकाइहरूमा समेत खोजीका लागि सूचना पठाइएको छ। कक्षा ८ मा अध्ययनरत बालकको खोजी कार्य जारी रहेको छ। उनलाई फेला पार्ने जो–कोहीले नजिकको प्रहरी चौकी वा उपलब्ध गराइएका सम्पर्क नम्बरहरूमा जानकारी दिन अनुरोध गरिएको छ। उक्त बालकलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी वा ९८४९११५५२२–९८५१२४५५२२–९८४९०६९५५५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।