काठमाडौँ। कर्णाली नदीमा बेपत्ता भएका बुवा–छोराको शव फेला परेको छ । पहलसिंह बुढा र उनका छोरा नरी बुढा को शव तुर्माखाँद गाउँपालिका–३, भैरवस्थानस्थित बल्दे नजिक कर्णाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनाल का अनुसार बुवाको शव दुर्घटनास्थलबाट करिब ५ सय मिटर तल र छोराको शव करिब १ किलोमिटर दूरीमा भेटिएको हो । दुवै जना वैशाख ३ गते कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका थिए । उनीहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो । घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ भने प्रहरीले आवश्यक अनुसन्धान तथा प्रक्रिया अघि बढाएको जनाएको छ ।