काठमाडौँ । सरकारले देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम आइतबारदेखि सुरु भएको हो। साथै, एकदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइँदैछ। अभियानका लागि करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको मन्त्रालयले जनाएको छ। सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ।