काठमाडौँ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी आठ दिनदेखि सम्पर्कविहीन भएकी छन्।
गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित मामाघरबाट घर फर्कने क्रममा उनी हराएकी हुन्। प्रहरीले दिएको जानकारी अनुसार मालढुङ्गा–बेनी सडकखण्डअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौरतर्फ जाने सवारीमा चढेको देखिए पनि त्यसपछि उनको कुनै अत्तोपत्तो लाग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयका अनुसार किशोरीको खोजीकार्यलाई तीव्र बनाइएको छ। प्रहरी नायब उपरीक्षक विजय यादवले हुलियासहित सबै प्रहरी युनिटलाई सक्रिय रूपमा खोजीमा खटाइएको जानकारी दिएका छन्।