काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सकिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको हो ।
ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो । ओलीको शल्यक्रिया सफल भएको र उनलाई ओटीबाट वार्डमा सारिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।