काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले उनीहरुलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिका विषयमा स्पष्टीकरण सोधेको हो ।
स्वास्थ्य बीमा बोर्डको सदस्यको नियुक्ति र सदस्यको बैठकमा उपस्थितिलगायतका विषयमा सञ्चारमाध्यममा आएको विषयमा मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक सापकोटा र कार्यकारी निर्देशक पौडेललाई तीन दिने स्पष्टीकरण सोधेको हो ।
