काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार ओपीडी सेवा उपलब्ध गराउन नसकिने जनाएको छ। संघका महासचिव डा. सन्जिव तिवारीले प्रेस विज्ञप्ति जारी गरी जनशक्ति थप नगरिएकाले सार्वजनिक बिदाका दिन ओपीडी सेवा दिन नसकिने जनाएका छन्।
‘अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरे ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकोमा अस्पतालहरूमा जनशक्ति नथपिएकोले तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन सकिँदैन,’ संघले भनेको छ।
ज्यादै न्यून सेवा दिएर जबर्जस्ती काममा खटाउने परिपाटी बन्द नगरे संघर्षमा उत्रने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिनहरूमा समेत स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा राख्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनापछि शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएसँगै मन्त्रालयले सेवा प्रभावित नहुने गरी आवश्यक व्यवस्थापन गर्न आग्रह गरेको थियो ।
नेपाल चिकित्सक संघका अनुसार तत्काल आइतबार ओपीडी सेवा सुचारु नहुने संकेत देखिएको छ ।