काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ले अब साताको दुई दिन–शनिबार र आइतबार–सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गरेको छ ।
सरकारले सातामा दुई दिन बिदा दिने नीति ल्याएसँगै त्रिवि कार्यकारी परिषद्ले चैत २३ गते उक्त निर्णय गरेको थियो, जसअनुसार अस्पतालले पनि सो व्यवस्था लागू गरेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार शनिबार र आइतबार बाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ । यद्यपि बिरामीको सुविधालाई मध्यनजर गर्दै ओपीडी तथा शल्यक्रिया सेवा भने शुक्रबार पूर्ण समय र अन्य कार्यदिनहरूमा पनि नियमित रूपमा सञ्चालन हुने अस्पतालले स्पष्ट पारेको छ ।
