काठमाडौँ । चीनमा आराम र निद्राको गुणस्तर सुधार्न नयाँ प्रविधि र थेरापीमा बढ्दो माग देखिएको छ। २५ देखी ३५ वर्ष उमेर समूहका चिनियाँहरू राति पर्याप्त निद्रा नपाउँदा आधुनिक निद्रा उपकरण र थेरापी प्रयोग गर्न थालेका छन्।
अन–डिमान्ड प्लेटफर्म मेइतुआन का तथ्याङ्क अनुसार, जनवरीदेखि ‘निद्रा स्थल’ र ‘निद्रा थेरापी’ खोजी क्रमशः २२७ प्रतिशत र ३५० प्रतिशतले बढेको छ। एआई संचालित गद्दा, पहिरनयोग्य निद्रा ट्र्याकर, ध्वनि थेरापी उपकरण जस्ता उत्पादनको माग पनि बढेको छ। बेइजिङमा केही थेरापी स्टोरमा ग्राहकहरूले ध्वनि थेरापीको अनुभव लिइरहेका देखिन्छन्। अनुसन्धानले देखाएको छ कि यी प्रविधिहरू चीनको ‘निद्रा अर्थतन्त्र’लाई बढावा दिइरहेका छन् र २०२७ सम्ममा यस बजारको मूल्य ९५ अर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ।