काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे त्रिभुव शिक्षण अस्पतालले विज्ञप्ति जारी गरेको छ । मुटुको धड्कन बढेपछि भर्ना भएका ओलीको चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको भन्दै अस्पतालले उनको स्वास्थ्यमा ६ वटा समस्या देखिएको जानकारी दिएको छ ।
मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथाइराइडिज्म , एट्रियल फिब्रिलेसन र कोलेलिथियासिस देखिएको अस्पतालले जानकारी पत्रमा उल्लेख गरेको छ।
शनिबार पक्राउ परेका ओली स्वास्थ्य अवस्थाका कारण त्रिभुवन शिक्षण अस्पतालमा भर्ना भएका थिए । हाल उनी एनेक्स १ को बेड नं. ५०१ मा चिकित्सकहरूको निगरानी तथा उपचारमा रहेको अस्पतालले जनाएको छ ।
