काठमाडौँ । निशा मेहता स्वास्थ्यमन्त्रीमा नियुक्त भएकी छिन् ।
रास्वपाको समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी मेहतालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
पेशागत रूपमा नर्स रहेकी मेहता स्वास्थ्य सेवामा सक्रिय रहँदै राजनीतिक यात्रामा अघि बढेकी हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग आबद्ध रहँदै आएकी उनी अघिल्लो निर्वाचनमा समानुपातिक सूचीमा पनि समेटिएकी थिइन्। त्यसबेला उनी सांसद बन्न सकिनन्।