रंगै रंगको पर्व होली आज पहाडी तथा हिमाली जिल्लामा र भोलि तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ ।
होली बिभिन्न चाँडपर्व आफन्तबीच निकट ल्याउने एउटा माध्यम पनी हो। होलीमा एकअर्का प्रती रङ्ग लगाएर मनाउँने परम्पररा छ। उमंगको यस पर्व भव्य रूपमा मनाउन थोरै सावधानी अपनाउनु पर्ने हुन्छ।
होली खेल्दा सावधानी अपनाइयो भने होलीको रौनक पनि रहिरहन्छ, तपाईंको स्वास्थ्यमा समेत कुनै असर पर्दैन।
शरिरको ख्याल नगरी होली खेल्दा एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छ।
त्यसैले स्वास्थ्यमा ध्यान दिन छालारोग विशेषज्ञले सुझाव दिएका छन् । होली खेलेपछि रङ्ग र अबिरले गर्दा धेरै जस्तो व्यक्तिलाई छाला पोल्ने वा छालाको रङ्ग परिवर्तन हुने वा छाला सुख्खा हुने जस्ता समस्या देखिने गर्छ। रङ्गमा मिसिएको विभिन्न रसायनले छालाको भित्री सतहलाइ नोक्सान पुर्याउने गर्छ ।
होलीको रङ्गमा वाइल कलर, केमिकल डाई, विषाक्त पदार्थ र छालालाई नोक्सान पुर्याउने अन्य तत्त्व पनि हुने गरेकोले रङ्गहरुमा धेरै केमिकल मिसावट गरिएको हुन्छ जस्ले गर्दा छालामा असर पर्ने गर्छ यसमा सबै भन्दा बढीअसर हरियो रङ्गले गर्छ। छाला सुक्खा हुने, रातो बिबिरा आउने चिलाउने जस्ता समस्या देखा पर्ने समस्या हुन्छ । बजारमा पाइने धेरैजसो रङ्गमा ‘हेभी मेटल्स’ र विषाक्त पदार्थ हुन्छ।
हरियो रङ्गले आँखामाएलर्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ। छाला रोग पनि हुन सक्छ। यस्तै, बैजनी रंगले दम र एलर्जी हुन सक्छ। चम्किलो रङ्ग क्यान्सरको कारक हुन सक्छ। नीलो रङ्गले छालामा एलर्जी गराउन सक्छ। रातो रङ्गले छालाको क्यान्सर हुन सक्छ। स्मरणशक्तिलाई हानि पुर्याउन पनि सक्छ। लेड अक्साइडले बनाइने कालो रङ्गले मृगौलामा समस्या उत्पन्न गराउन सक्छ।
केहिलाई बढी रङ्गको प्रयोग गर्दा बेहोस हुने जस्ता समस्या पनि देखिन सक्छन् भने धेरे नराम्रो रङ्गको प्रयोग गर्दा किड्नीमा समस्या समेत निम्तिन सक्ने जनाएको छ ।
यस्तै, होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर लगाउनु राम्रो विकल्प हो। यसो गर्दा रंग छालाभित्र जान पाउँदैन। कपालमा तेल दल्दा र नङ काटेर पालिस लगाउँदा पनि कुनै न कुनै नोक्सानीबाट बच्न सकिन्छ।
होली खेलिसकेपछि छालाको जलन हटाउनुपरे मोइस्चराइजर उपयोग गर्न सकिन्छ। शरीर मजाले धोईपखाली गरेर मोइस्चराइजर लगाउँदा छालाको सुक्खापन पनि हट्छ। बढी छाला सेन्सेटिभ र सुक्खा हुने व्यक्तिले होली खेल्न नहुने चिकित्सकको सुझाव छ ।