काठमाडौँ । चितवनमा पछिल्लो २४ घण्टामा स्क्रब टाइफस र डेंगुका ४ जना बिरामी भेटिएका छन् । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको दैनिक अपडेट अनुसार स्क्रब टाइफसका २ र डेंगुका २ गरी ४ जना बिरामी भेटिएका हुन् । चारै जना संक्रमित रत्ननगर नगरपालिकाका रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सँगै चितवनमा हालसम्म स्क्रब टाइफसका ५४९ र डेंगुका २१८ बिरामी पुगेका छन् । हालसम्म ७ हजार ९०३ जनाको परीक्षण गर्दा ५४९ जनामा स्क्रब टाइफस र ७ हजार ४८७ मध्ये २१८ मा डेंगु भेटिएको कार्यालयले जनाएको छ।
