काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निपाह भाइरसको जोखिम न्यून रहे पनि सतर्क रहन अनुरोध गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सतर्क रहन अनुरोध गरेको हो । हालसम्म नेपालमा निपाह भाइरसका घटना पुष्टि नभएको तथा स्वास्थ्य तथा स्वास्थ्य निकायहरू जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेकाले सबैलाई आतंकित नहुन तथा आफू र परिवारलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालन गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।
‘विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी तथा दक्षिण-पूर्वी एसिया क्षेत्रिय स्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्यांकन गरिएता पनि छिमेकी मुलुकमा देखिएका नपाह भाइरसका केही घटनाहरूलाई मध्यनजर गर्दै यस मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा पूर्वतयारीका कदमहरूसवरूप देशभरिका स्वास्थ्य संस्था तथा निकायहरूलाई सचेत गराइएको तथा निपाह भाइरसको परीक्षण एल्रिदम ९अन्तरिम० तयार गरिएको जानकारी गराइन्छ,’ विईप्तिमा भनिएको छ ।
