काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार १७५ रुपैयाँ रहेको छ । यसैगरी चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ र १० ग्राममा ५ हजार ८९० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँ र चाँदी तोलामा ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।