काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमाका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।
अस्पतालले विगत लामो समयदेखि स्वास्थ्य बीमा बोर्डबाट उपचार खर्च भुक्तानी नआउँदा आर्थिक अवस्था संकटमा परेको भन्दै आगामी माघ १ गतेदेखि सेवा बन्द गर्न लागेको हो ।
अस्पतालले मासिक करिब ५ करोड रुपैयाँ खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डले मात्र ५० प्रतिशत दाबी स्वीकृत गरिरहेको बताइएको छ । विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च धान्दै आएको अस्पताल प्रशासनको भनाई छ ।