काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन अहिलेकै अवस्थामा नगर्न अदालतले अन्तरिम आदेश दिएको छ ।
निर्वाचनमा उम्मेदवार बनेका डा.अजयकुमार मिश्रसहितले दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत पाटनले निर्वाचन नगर्न आदेश दिएको हो ।
आइतबार न्यायाधीश ऋषिराम निरौला र दिपक खनालको संयुक्त इजलाशले यो आदेश जारी गरेको हो । टिम रिफर्मबाट उपाध्यक्षका उम्मेदवार रहेका डा.मिश्रासहितको उम्मेदवारी निर्वाचन समितिले खारेज गरिदिएको थियो । यसविरुद्ध उनीहरु अदालत गएका थिए ।
