काठमाडौँ । वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईँले भक्तपुरको सुर्यविनायकमा चिडियाखाना निर्माण चाँडै सुरु हुने बताएका छन्। सोमबार चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषको ३०औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले निर्माणका लागि आवश्यक प्रक्रिया र कागजातमा काम भइरहेको जानकारी दिए।
मन्त्री चौलागाईँका अनुसार, “१० वर्षदेखि अल्झिरहेको सुर्यविनायक चिडियाखाना निर्माणको घोषणा केही हप्ताभित्रै हुनेछ। आवश्यक तयारीको काम जारी छ।” उक्त अवसरमा उनले ३० वर्षसम्म देशमा अपेक्षित विकास नहुँदा जेनजी विद्रोह भएको र त्यसका कारणको मूल्याङ्कन गर्न सबैले आत्मासमिक्षा आवश्यक रहेको बताए। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पनि चिडियाखानालाई महानगरको गर्वको कुरा भन्दै यहाँबाट आएका सबै प्रस्तावलाई समर्थन गर्ने प्रतिबद्धता जनाए।