काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रममा हेरफेर गरेका छन्।
नयाँ व्यवस्थाअनुसार यसअघि सातौँ स्थानमा रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो वरीयतामा पुगेकी छन्।गौतमको वरीयता बढेसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको मर्यादाक्रम तल झरेको छ।राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ सूचीअनुसार शिशिर खनाल चौथो, विराजभक्त श्रेष्ठ पाँचौँ, सुधन गुरुङ छैटौँ र सुनिल लम्साल सातौँ स्थानमा रहेका छन्।१७ सदस्यीय मन्त्रिपरिषद्का अन्य सदस्यहरूको मर्यादाक्रममा भने कुनै परिवर्तन गरिएको छैन।