काठमाडौं ।पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि थप समय माग्दै केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।
उनलाई म्याद थपको प्रक्रिया अघि बढाउन अदालत लगिएको सीआईबीका एक अधिकारीले जानकारी दिएका छन्।अर्याललाई प्रहरीले भारतबाट पक्राउ गरी मङ्सिर १० गते नेपाल ल्याएको थियो। त्यसपछि बिहीबार उनको निवासमा समेत प्रहरीले खानतलासी गरेको थियो।मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन्। यस प्रकरणमा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।