काठमाडौं ।नियमित प्रहरी गस्तीका क्रममा देशका विभिन्न नौ जिल्लाबाट १७ जना व्यक्ति पक्राउ परेका छन्।
प्रहरी केन्द्रीय समाचारकक्षका अनुसार काठमाडौं, कैलाली, झापा, बारा, चितवन, बर्दिया, दाङ, गुल्मी र सुर्खेतबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा काठमाडौंका ३२ वर्षीय भारतीय नागरिक शिवकुमार चौहान, कैलालीका २७ वर्षीय अजय चौधरी, झापाका २७ वर्षीय रितेश राई र अनिल राई रहेका छन्। त्यस्तै, बाराबाट ३१ वर्षीय विनय महतो र ३० वर्षीय सहजाद शेख पनि पक्राउ परेका छन्।
यसैगरी, चितवनबाट २२ वर्षीय विशाल घिसिङ, २६ वर्षीया अञ्जु रिजाल र २५ वर्षीय सुमेश गान्धारी, बर्दियाबाट ३२ वर्षीय रमेश चौधरी, दाङबाट २४ वर्षीय धनबहादुर खत्री, गुल्मीबाट सुन्तला सर्किनी तथा सुर्खेतबाट ३२ वर्षीय दीपक झा प्रहरी नियन्त्रणमा परेका छन्।चितवन, बर्दिया र दाङमा पक्राउ परेका केही व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट गाँजा, खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसमेत बरामद भएको छ।