काठमाडौँ । कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ रहेकोमा आज ६ सय रुपैयाँले घटेको हो। सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।