काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने दलको संख्या चार पुगेको छ । निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज बन्दसूची बुझाउने अन्तिम दिन हो ।
सो मितिसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् । आयोगले तोकिएको समयभित्र बाँकी दलहरूले पनि बन्दसूची पेस गर्नुपर्ने जनाएको छ ।