काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार तोलामा बढेर २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ४ हजार ४ सय रुपैयाँ रहेको चाँदी आज बढेर ४ हजार ५ सय ६५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।