काठमाडौँ । चितवन जिल्लामा हालै १७ जना जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये पाँच महिनामा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका दुई, खैरहनीका एक, राप्तीका दुई र कालिकाका एक व्यक्ति रहेका छन्।
संक्रमितमध्ये १० महिला र सात पुरुष छन्। उमेरअनुसार तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखी ६० वर्षबीच र नौ जना ६० वर्षमाथिका रहेका छन्। १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। यो रोग क्युलेक्स लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो र प्रायः घर बाहिर सक्रिय लामखुट्टेबाट सर्दछ।