काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाको छैटौँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनमा सनम कुमार महर्जन अध्यक्षमा निर्वाचित भएका छन् भने अरविन्द कुमार सिंह निवर्तमान अध्यक्ष रहँदै आएका थिए। अन्य प्रमुख पदाधिकारीहरूमा मुकुन्द बजगाईं उपाध्यक्ष, विनोद भट्टराई सचिव, र योजना हमाल कोषाध्यक्ष निर्वाचित भएका छन्।
नव निर्वाचित कार्यसमितिका सदस्यहरूमा साकार पन्त, लैला महर्जन, रञ्जना उप्रेती, र सन्तोष मण्डल रहेका छन्। संघले विज्ञप्तिमार्फत नव निर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र कार्यसमिति सदस्यलाई हार्दिक बधाई दिदै सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेको छ। नेपाल शैक्षिक परामर्श संघ ललितपुर शाखाले नव निर्वाचित टिमको नेतृत्वमा संघलाई अझ सशक्त, गतिशील र प्रभावकारी बनाउने विश्वास लिएको जनाएको छ।