काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकस्थित बिपी उद्यान अतिक्रमण गरी अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । उद्यान क्षेत्र अव्यवस्थित बनेपछि त्यसलाई व्यवस्थित गरी पार्क निर्माण गर्न पसल हटाइएको महानगर प्रमुख राजेशमान सिंहले बाताएको छ । उनकाअनुसार फलफूल, तरकारी, कपडा तथा खानाका स्टलसहित करिब २५० भन्दा बढी अस्थायी पसल हटाइएको हो ।
महानगरपालिकाले नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा आज बिहानैदेखि बजार खाली गराएको छ । हटाइएकाहरूका लागि छपकैयाँस्थित रेल्वे सडकमा वैकल्पिक व्यवस्था गरिएको छ । महानगरले अब करिब ७० करोड रुपैयाँ लागतमा सो क्षेत्रमा सुन्दर र हरियाली पार्क निर्माण गर्ने योजना अघि बढाएको महानगरले जनाएको छ ।