काठमाडौँ । राप्ती गाउँपालिका–२ पुन्यपुरस्थित फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा आज बिहान लागेको आगलागीबाट झन्डै रू ६७ लाख बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार आगलागीमा एक ट्रस्ट भवन, विभिन्न मेसिन, टायल तथा इन्टरलक जलेर नष्ट भएका छन्। फोहर व्यवस्थापनका लागि निर्माण गरिएको घरसमेत जलेको उनले बताए। आगलागी नियन्त्रणका लागि गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल र डोजर परिचालन गरिएको थियो। करिब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न बाँकी रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।