काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु. ३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मुल्य रु. १०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. २ लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल र रु. ३ हजार ९०५ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला रु. २ लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु. ३ हजार ८०५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन रु. ४ हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।