काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी पनि तोलामा ५५ रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । बुधबार प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलामा ३ हजार ८ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।