काठमाडौं । नेपालको सबैभन्दा ठूलो शैक्षिक प्रदर्शनी ‘१६औँ इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर–२०२५’ भव्य रुपमा सम्पन्न भएको छ ।
सोमबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा बिहान साढे ९ बजेदेखि सुरु भएको उक्त एजुकेसन फेयर साँझ ५ बजे सम्पन्न भएको हो ।
इक्यान फेयरको उद्दघाटन अध्यक्ष शेषराज भट्टराईले गरेका थिए । उद्दघाटन सत्रमा इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डे, केन्द्रिय कार्यसमितीका सम्पूर्ण उपाध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
इक्यानका अनुसार मेलामा नेपाल, भारत, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा युरोपका विश्वविद्यालय र कलेजको सहभागिता रहेको थियो । देश–विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई फेयरले आकर्षित गरेको थियो ।
नेपालबाट अन्तर्राष्ट्रिय शिक्षाका लागि बाहिर जान चाहने विद्यार्थीलाई सहि सुचना प्रदान गर्न, स्मार्ट एजुकेसन कन्सल्टेन्सी र प्रोफेसन इन्गेजमेन्ट दिन यो फेयर आयोजना गरेको अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए ।