काठमाडौँ । नेपालको सबैभन्दा ठूलो शैक्षिक प्रदर्शनी ‘१६औँ इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर–२०२५’ आज काठमाडौंमा सुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अनुसार मेलामा नेपाल, भारत, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा युरोपका विश्वविद्यालय र कलेजको सहभागिता रहनेछ । देश–विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई फेयरले आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
यस वर्षको फेयरमा छात्रवृत्ति जानकारी, स्थलमै भर्नाको अवसर (स्पट एडमिसन), पाठ्यक्रम तथा आवेदनसम्बन्धी परामर्श, भिसा मार्गदर्शन, अध्ययनपछि रोजगारी अवसरबारे जानकारी, र ग्लोबल माइग्रेशनबारे परामर्श प्रमुख आकर्षण रहनेछन् । १६औँ इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर–२०२५ साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।