काठमाडौं । नेपाल मेडिकल काउन्सिलले पछिल्लो समय केही स्वास्थ्य संस्थाहरूले चिकित्सकहरूको नाम, तस्वीर तथा प्राप्त डिग्रीहरुलाई व्यापारिक प्रयोजनमा प्रयोग गरेको गुनासो बढेपछि कडाइपूर्वक ध्यानाकर्षण गराएको छ।
काउन्सिलले यस्तो कार्य चिकित्सकीय नीतिशास्तविरुद्ध रहेको उल्लेख गर्दै तदारुकतापूर्वक रोक लगाउन सबैलाई निर्देशन दिएको छ।
काउन्सिलका रजिस्ट्रार सतिस कुमार देवले एक विज्ञप्ति जारी गर्दै कुनै पनि चिकित्सकले आफ्नो नाम, फोटो वा उपाधि प्रयोग गरी व्यापारिक सेवा प्रवर्द्धन गर्न नपाउने स्पष्ट प्रावधान रहेको जनाइएको हो ।
यस प्रकारको क्रियाकलाप दोहोरिएमा व्यवसायिक आचारसंहिताअनुसार कारबाही हुने काउन्सिलले चेतावनी दिएको छ।
