काठमाडौँ। नेपाली भोजनमा नियमित रुपमा प्रयोग हुने आलु दम स्वादका कारण मात्र होइन, केही महत्वपूर्ण पोषण तत्वका कारण स्वस्थ्यमा पनि उपयोगी मानिन्छ । पोषणविद्का अनुसार सुन्तुलित मसला,कम तेल नेपाली भोजनमा नियमित रूपमा प्रयोग हुने आलु दम स्वादका कारण मात्र होइन, केही महत्वपूर्ण पोषण तत्वका कारण स्वास्थ्यमा पनि उपयोगी मानिन्छ। पोषणविद्का अनुसार सन्तुलित मसला, कम तेल र उचित तरिकाले पकाउने विधि अपनाइएमा आलु दम ऊर्जा स्वास्थ्यका लागी भिटामिन र फाइबरको स्रोत पनीहो । त्यसैकारण घरदेखि होटल–रेस्टुरेन्टसम्म यो परिकारको लोकप्रियता छ। आलुदम विभिन्न अकेजनमा मात्र नभई हरेक समयमा पनी प्रयो गर्नेभएकाले यसको प्रभाव पर्दै गएको छ ।
आलु दमका प्रमुख फाइदा : आलु एक ऊर्जाको स्रोत पनिहो आलुमा पाइने कार्बोहाइड्रेटले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ। छिल्कामा फाइबर बढी हुने भएकाले यसले पाचन क्रियालाई सहज बनाउँछ। आलुमा भिटामिन सी, बी–कम्प्लेक्स, पोटासियम र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले प्रतिरक्षा प्रणाली र मुटु स्वास्थ्यलाई सहयोग पुर्याउँछ। कम तेलमा झनै स्वास्थ्यकर हुन्छ कम तेल प्रयोग गर्दा कोलेस्ट्रोल जोखिम कम हुने पोषणविद्को सुझाव छ। दही र मसालाको लाभ दहीले क्याल्सियम र प्रोबायोटिक प्रदान गर्छ भने हल्दी, जिरा, धनियाँजस्ता मसालामा सूजन घटाउने गुण हुन्छन्।
आलु दम बनाउने विधि: विशेष परिकारजस्तो देखिए पनि आलु दम घरमै सजिलै तयार गर्न सकिने सरल तरिकाको परिकार हो। आलुदम बनाउदा चाहिने सामग्रीहरु आलु ४–५ वटा मझौला आकारको,टमाटर २ वटा, दही २–३ चम्चा,अदुवा–लसुन पेस्ट १ चम्चा, मसला बेसार, जिरा, धनियाँ, खुर्सानी, नुन, तेल २–३ चम्चा र हरियो धनियाँ पात लिने ।
बनाउने प्रक्रिया: आलुलाई उमालेर छिल्का राखेर हल्का गाला पार्ने गरी भुट्ने, छुट्टै प्यानमा तेल तताएर अदुवा–लसुन पेस्ट, टमाटर र मसाला हालेर सानो ग्यास बालेर पकाउने, मसला राम्रोसँग भुटिएपछि दही मिसाएर झोललाई एकरूप बनाउने,भुटिएका आलु मिसाएर ५–७ मिनेट पकाउने, आवश्यक परे गाढापन अनुसार पानी थप्ने,अन्त्यमा धनियाँ पात छर्केर भात, रोटी वा सेलरोटी सँग सेवन गर्न सकिन्छ। पोषण विज्ञहरू भन्छन् तेल नियन्त्रण र मसला सन्तुलन राखिएमा आलु दम स्वास्थ्यका लागि हानिकारक नभई पौष्टिक नेपाली परिकारको रुपमा लिन सकिन्छ।