काडमाडौँ । अष्ट्रेलियाका एक सांसदले संसदमा बुर्का लगाएर मुस्लिम पहिरनमा प्रतिबन्ध लगाउने मागसहित गरेको प्रदर्शनपछि एक हप्ताका लागि निलम्बनमा परेकी छन्। वन नेशन पार्टीकी नेता पलिन ह्यान्सनले सोमबार संसदमा पुन बुर्का लगाएर प्रवेश गरेपछि उनका सहकर्मी सांसदहरूले कडा आलोचना गरे र पछि आधिकारिक रूपमा उनलाई चेतावनी दिइयो। एक सांसदले उनको कार्यलाई खुला जातीय विभेद भनेर आरोप लगाएको छ।
क्विन्सल्यान्डकी ह्यान्सन लामो समयदेखि सार्वजनिक स्थानमा पूर्ण अनुहार ढाकिने पहिरनमा प्रतिबन्ध लगाउने अभियान चलाउँदै आएकी छन्। सोमबार पनि उनले यही प्रतिबन्ध प्रस्ताव गर्ने विधेयक पेश गर्न खोजिन्, तर अन्य सांसदहरूले रोकिदिए। विधेयक रोकिएलगत्तै ह्यान्सन कालो बुर्का लगाएर पुनः सभामुख कक्षमा फर्किइन्। यो एक जातिवादी सिनेटर हो, जसले खुला रूपमा जातीय विभेद प्रदर्शन गरेकी छिन्, मुस्लिम पृष्ठभूमिकी ग्रीन्स पार्टीकी सांसद महरीन फारुकीले भनिन्। गत वर्ष संघीय अदालतले ह्यान्सनले फारुकीमाथि जातीय भेदभाव गरेको ठहर गरेको थियो जसविरुद्ध अहिले ह्यान्सन अपील गर्दैछिन्।
पश्चिमी अष्ट्रेलियाकी स्वतन्त्र सांसद फातिमा पैमनले यसलाई लज्जाजनक कदम भनेर बताइन्। सरकारका तर्फबाट सिनेट नेतृ तथा विदेशमन्त्री पेनी वोंगले मंगलबार ह्यान्सनलाई निन्दा प्रस्ताव पेस गरिन्, जसमा उनले ह्यान्सन दशकौँ देखि पूर्वाग्रहलाई विरोधको नाममा प्रदर्शन गर्दै आएको आरोप लगाइन्। ५५ विरुद्ध ५ मतले पारित भएको प्रस्तावमा ह्यान्सनको कार्य धार्मिक आधारमा मानिसलाई अपमानित र व्यंग्य गर्ने उद्देश्यले गरिएको र मुस्लिम अष्ट्रेलियालीप्रति अनादरपूर्ण रहेको उल्लेख छ। वोंगले यसअघि नै ह्यान्सनलाई अष्ट्रेलियाली सिनेटको सदस्य बन्न योग्य छैनन् भनेर टिप्पणी गरेकी थिइन् फेसबुकमा ह्यान्सनले लेखिन् ।
यदि उनीहरू मलाई यो लगाउन चाहँदैनन् भने–बुर्का प्रतिबन्ध लगाओस्। उनी यसअघि पनि २०१७ मा संसदमा बुर्का लगाउँदै राष्ट्रिय प्रतिबन्धको माग गरेकी थिइन्। ह्यान्सन २०१६ मा पनि विवादमा परेकी थिइन्, जब उनले आफ्नो पहिलो भाषणमा अष्ट्रेलिया मुस्लिमहरूले भरिने खतरा (swamped by Muslims) मा रहेको बताएकी थिइन्। यसले १९९६ मा गरिएको उनको चर्चित भाषणको पुनरावृत्ति जस्तै थियो, जसमा उनले देश एसियालीहरूले भरिने खतरा मा रहेको बताएकी थिइन्।