काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था र चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित भेटमा प्रधानमन्त्री शाहले प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।
छलफलका क्रममा प्रधानमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको समन्वयलाई थप प्रभावकारी बनाउन जोड दिएका छन्। उनले सुरक्षा निकायबीच आवश्यक सूचना आदानप्रदान र सहकार्यलाई चुस्त बनाउन पनि निर्देशन दिएका छन्। नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न तथा अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न प्रधानमन्त्रीले सम्बन्धित निकायका प्रमुखहरूलाई आग्रह गरेका छन्। साथै, मुलुकको समग्र शान्ति–सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यक कदम चाल्न निर्देशन दिएको बताइएको छ।