काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो राजनीतिक तथा समसामयिक घटनाक्रमबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार बैठक केहीबेरमै बस्ने तयारी गरिएको छ । उनले समसामयिक विषयमा छलफल गर्न नेताहरूको बैठक आह्वान गरिएको जानकारी दिएका छन् ।बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेताको सहभागिता रहने बताइएको छ । बैठकमा पछिल्लो घटनाक्रम र त्यसबारे पार्टीको धारणा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।