काठमाडौँ । विश्वभर युवापनको मोह बढिरहेका बेला बुढ्यौलीसँगै आउने छालाका परिवर्तनलाई कसरी स्वीकार गर्ने भन्ने विषयमा विशेषज्ञहरूले नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन्। अनुसन्धान र विशेषज्ञका भनाइहरूका आधारमा, उमेरसँगै बदलिँदो अनुहारलाई ‘कमजोरी नभई जिन्दगीको यात्राका रूपमा हेर्न आग्रह गरिएको छ।
शरीरको बाहिरी ढोका मानिने यसले सूर्यको किरण, संक्रमण, वातावरणीय प्रदूषणदेखि भौतिक हानीसम्मबाट जोगाउने मुख्य भूमिका खेल्छ। तर, समाजले छालालाई कार्यगत भन्दा पनि ‘सौन्दर्यसँग जोडिएको’ अंगका रूपमा हेर्दै आएको छ। हार्वर्ड मेडिकल स्कुलका प्रोफेसर जर्ज मर्फी भन्छन् : छाला हाम्रो जीवन रक्षा गर्ने प्रमुख अङ्ग हो। तर हामीले यसलाई प्राय बाहिरी सौन्दर्यका रूपमा मात्रै लिन्छौँ, यही कारण उमेरका छाला परिवर्तनलाई नकारात्मक रूपमा हेर्ने प्रवृत्ति बढेको हो। कतिपय मानीसहरुमा मानसीक तनाव पनि लिने गरेकाले यस्ले ठुलो असर परेको छ ।
महिलाको सौन्दर्यका मापदण्डहरू युवापनसँग अझ बलियो रूपमा जोडिएका हुन्छन्, जसलाई कहिलेकाहीँ उमेरसँगै हुने दोहोरो मापदण्ड भनेर सम्बोधन गरिन्छ।
किन देखिन्छ साना–साना रेखा ?
उमेरसँगै छालामा भएको कोलाजेन, बोसो र पानीको मात्रा घट्दै जान्छ। छाला सुकेको, पातलो र कम लोचयुक्त बन्छ। कपाल पछाडि सर्दै जानु, ओठ पातलो हुनु, गाला झर्नु जस्ता परिवर्तन स्वाभाविक रूपमा देखिन थाल्छन्। धूमपान, तनाव, खानपान र वातावरण पनि छालाको उमेर बढाउने प्रमुख कारण मानिन्छन्।
बुढो देखिने अनुहार’ मनोवैज्ञानिक रूपमा किन कठिन पर्छ ?
शोधहरूका अनुसार महिलामा बुढ्यौलीसम्बन्धी तनाव बढी देखिन्छ। धेरै संस्कृतिमा ‘स्त्री सौन्दर्य’लाई युवापनसँग जोडिएको मानिन्छ । जसलाई विशेषज्ञहरूले ‘डबल स्ट्यान्डर्ड अफ एजिङ बुढ्यौलीमा लैंगिक असमानता को रूपमा उल्लेख गरेका छन्। कारोलिन क्यारोल, शरीरछविमा विशेषज्ञ मनोचिकित्सक भन्छिन् सौन्दर्यका आदर्शहरू समाजले बनाएको हो। त्यसैले तिनलाई चुनौती दिन सकिन्छ। मानिसहरू दोषी होइनन्, कारण दबाब नै बलियो भएको कारणले हो ।
सर्जरी र बोटोक्सको बढ्दो ट्रेन्ड : संयुक्त राज्य अमेरिकामा मात्रै २०२४ मा १० मिलियन भन्दा धेरै बोटोक्स–जस्ता ‘न्युरोमोडुलेटर इन्जेक्सन’ गरिएका थिए, तीमध्ये ९४ महिलामा यस्तै, यूके र अमेरिका दुवैमा फेसलिफ्ट तथा नसर्जिकल उपचार तीव्र रूपमा बढ्दैछ। तर वैज्ञानिकहरू भन्छन् यी उपायले छालाको मूल संरचनामा परिवर्तन ल्याउँदैनन्, केवल अस्थायी सुधार मात्र देखाउँछन्।
छाला जोगाउने वैज्ञानिक उपायः विशेषज्ञहरूले छालालाई स्वस्थ राख्नका लागि सुझाव दिएको छ । अत्यधिक घामबाट जोगिनु छाला सधैं सफा राख्नु, भिजाइ राख्नु, पानी पर्याप्त पिउनु, भिटामिन र ओमेगा–फ्याटी एसिडयुक्त खाना खानु, नियमित व्यायाम तथा तनाव व्यवस्थापन, सामाजिक घनिष्टता, साथी–सबैलाई समय दिनु पनि मानसिक स्वास्थ्य तथा बुढ्यौली स्वीकार गर्न मद्दत गर्छ। क्यारोलका अनुसार आत्मसंवादको शैली बदलिनु प्रमुख उपाय हो।
जर्ज मर्फी–सार्वजनिक दृष्टिमा छाला एउटा कार्यात्मक अङ्ग होइन, बाहिरबाट देखिने सुन्दरता मात्र हो भन्ने ‘सौन्दर्य एक अङ्गका रूपमा हेरिन्छ।
हाम्रो छाला हामीलाई सुरक्षा प्रदान गर्ने एक कार्यात्मक अंग हो। केही मिलिमिटर मात्र बाक्लो भए पनि, छालाले हाम्रो शरीरको कुल तौलको लगभग एक सातौँ हिस्सा बनाउँछ।
आफ्नो अनुहारलाई दोष दिने होइन, परिवर्तनलाई तटस्थ रूपमा स्वीकार गर्न सिक्नुपर्छ। ‘मेरो अनुहार बदलिँदै छ, यो जीवनको स्वाभाविक प्रक्रिया हो’ भन्ने सोच पुनः दोहोर्याउनु समयसँगै यो बानी बस्छ उनी भन्छिन् । उमेर स्वीकार गर्नु भनेको सबै परिवर्तन मन पराउनु होइन। त्यसलाई आदत बनाउन छोड्नु हो। हामी पुरानो अनुहार मिस गर्न सक्छौँ, तर अहिलेको अनुहारलाई पनि सम्मान गर्न सिक्नुपर्छ। विशेषज्ञहरूका अनुसार मुख्य कुरा हामीले कस्तो देखिन्छौँ भन्नेभन्दा, कस्तो जीवन बाँच्न चाहन्छौँ भन्नेमा केन्द्रित हुनुपर्छ । शेक्सपियरको प्रसिद्ध पंक्ति जस्तै–हर्ष र हासोले पुराना रेखाहरू आउन देऊ।