काठमाडौँ । अमेरिकाको वाशिङ्टन स्थित एक जिल्ला अदालतले सामाजिक सञ्जाल कम्पनी मेटा प्लाटफर्म्स फेसबुक–पेरेन्ट कम्पनी ले इन्स्टाग्राम र ह्वाट्सएप खरिद गर्दा प्रतिस्पर्धा विरोधी (एन्टी–ट्रस्ट) कानुन उल्लंघन नगरेको ठहर गरेको छ। यो फैसलाले अमेरिकाको संघीय व्यापार आयोग (FTC) लाई ठुलो झटका दिएको छ।
FTC ले २०२० मा मेटा विरुद्ध मुद्दा दर्ता गर्दै कम्पनीले प्रतिद्वन्द्वी एप्स किनेको कारण सामाजिक सञ्जालमा एकाधिकार (मोनोपोली) बनाएको आरोप लगाएको थियो। तर न्यायाधीश जेम्स बोसबर्गले FTC ले दाबीलाई प्रमाणित गर्न नसकेको उल्लेख गर्दै भने मेटाले अहिले सामाजिक सञ्जाल बजारमा एकाधिकार गरेको प्रमाण भेटिएको छैन । मेटाले फैसलालाई स्वागत गर्दै आफूहरू कडा प्रतिस्पर्धाको सामना गरिरहेको कम्पनीहो भनेर प्रतिक्रिया दिएको छ । पछिल्लो प्रतिस्पर्धा र FTC को तर्क भने अदालतले लामो सुनुवाइका क्रममा मेटाका प्रमुख कार्यकारी CEO मार्क जुकरबर्ग र पूर्व COO शेरिल स्यान्डबर्ग का बयान सुनेको थियो। उनीहरूले अहिले टिकटक, युट्युब जस्ता प्लेटफर्महरूका कारण सामाजिक सञ्जाल बजार धेरै परिवर्तन भएको तर्क गरेका थिए।
FTC ले भने मेटाले २०१२ मा १ अर्ब डलरमा इन्स्टाग्राम र २०१४ मा १९ अर्ब डलरमा ह्वाट्सएप खरीद गर्दा धेरै मूल्य तिरेको र “संभावित प्रतिस्पर्धीलाई समाप्त गर्ने रणनीति भएको भन्दै आरोप लगाएका थियो। तर न्यायाधीश बोसबर्गले ती खरिदहरू FTC ले त्यतिबेलै स्वीकृति दिएको हो भनी सम्झाएका थिए । उनका अनुसार सामाजिक सञ्जालले बजार लगातार परिवर्तनशील हुदैगएको छ । जसमा नयाँ एप्स आउँछन्, पुराना घट्छन्, र सुविधाहरू तीव्र गतिमा बदलिदैजान्छ ।
अहिले भने मेटाको बजार हिस्सा घट्दै गएको छ । अदालतको निर्णयमा भनिएको छ कि, यदि मेटाले कुनै समय एकाधिकारको मजबुत शक्ति राखेको भए पनि अहिले त्यो शक्ति कायम छ भन्ने FTC प्रमाणित गर्न सकिन्छ । रिपोर्टहरूका अनुसार मेटाको बजार हिस्सा पछिल्ला वर्षहरूमा घट्न थालेको देखिन्छ । FTC ले भने यस फैसलाप्रति निराशा व्यक्त गरेको छ र अपील गर्ने–नगर्ने बारेमा अझै निर्णय भने नभएको बताएको छ । अमेरिकी टेक उद्योगमा बढ्दो कानुनी कडाइ गरेको छ ।
अमेरिकी न्याय विभागले यसअघि गुगल विरुद्ध अनलाइन सर्च र विज्ञापन प्रविधिमा एकाधिकार गरेको मुद्दा जितेको थियो । तर अर्को एक मुद्दामा अदालतले गुगललाई क्रोम ब्राउजर छुट्ट्याउनुपर्ने सुझाव भने अस्वीकार गरिसकेका थिए । कानुनविद्हरूका अनुसार FTC को मेटा–सम्बन्धी मुद्दा सुरुदेखिनै कठिन मानिएको थियो किनकि सामाजिक सञ्जाल बजार अति द्रुत गतिमा परिवर्तन हुन्छ। मेटाका अन्य कानुनी चुनौतीहरू कायमनै रहेको छ ।
यो फैसला आए पनि मेटाको सबै कानुनी चुनौती सकिएका छैन। CEO मार्क जुकरबर्गलाई युवाहरूको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालको प्रभाव सम्बन्धी ऐतिहासिक मुद्दामा जनवरीमा प्रत्यक्ष उपस्थित हुने आदेश दिइएको छ। इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले पनि सोही मुद्दामा बयान दिनेछन्।