काठमाडौँ । डोल्पाको त्रिपुराकोट नगरपालिका–१ काँक्रेविहारबाट जुम्लाको मौरेसम्म सडक स्तरोन्नतिको काम सुरु भएको छ। यसका लागि करिब २५ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
पूर्वमा रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको अवस्थामा, अब अर्को मार्गबाट पनि जुम्ला जोडिने काम सुरु गरिएको हो। भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिनु भयो, “सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटकको आवागमन सजिलो हुने छ। रारा र फोक्सुण्डो ताल समेत सडकमार्गबाट जोडिने छन्।”
सडकले त्रिपुराकोट, छल, काइगाउँ, मौरेलेक, जुम्ला हुँदै मुगुको रारातालसम्म यात्रा सम्भव बनाउनेछ। डोल्पास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख टेक हितानले भने, कुल ६८ किलोमिटर लामो यो सडकको मार्ग खोल्ने काम पहिले नै भइसकेको छ। अब बुढाल मष्ट मन्दिर–छलसम्म नाला सहित ग्राभेल सडक निर्माण हुनेछ।” सडक स्तरोन्नति दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।