काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुभराज पन्त छन् । चन्द्रागिरिबाट पक्राउ परेका उनलाई कारागार पठाइएको प्रहरीले बताएको छ । उनलाई प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।