काठमाडौँ । आइतबार बिहान तरकारी बोकेको लु २ च २३५८ नम्बरको जिपले ठक्कर दिदा बर्दगोरिया गाउँपालिका–६ का ५५ वर्षीय शंकर डगौराको मृत्यु भएपछी स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
दुर्घटामा परी अन्य तीन जना घाइते भएका छन् भने उनीहरु मध्ये एक जनाको अवस्था गम्भीर छ । तसर्थ घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । कैलालीको घोडाघोडी नगरपालिका–२ को साडेपानीमा उनीहरुले दोषीलाई कारवाही र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बिहानैदेखि राजमार्ग अवरुद्ध गरेपछि सवारी साधन आवागमन रोकिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर जोराले बताए ।
उनकाअनुसार स्थानीयको अवरोधका कारण विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन साडेपानीमा रोकिएका छन् । जिप चालकलाई भने प्रहरीले बिहानै नियन्त्रणमा लिएको थियो । जिपको ठक्करबाट घाइते भएका तीन जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।